प्रहरी महानिरीक्षक थापा किन गए भारत ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
  • chhanbin.com

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री भारत गएका छन् । इन्डियन पुलिस सर्भिस(आइपिएस)को तालिममा समापन कार्यक्रममा सहभागी हुन उनी भारत गएका छन् ।

सो तालिममा नेपाल इन्सपेक्टरहरु समेत सहभागी भएकाले उनलाई आमन्त्रण गरिएको हो । आइजिपी थापाले एआइजी प्रद्युम्न कार्कीलाई निमित्तको जिम्मेवारी दिएका छन् । सिनियर एआइजी हरि पाल भएपनि कार्कीलाई निमित्त दिइएकोमा प्रहरीमा असन्तुष्टि पनि देखिएको छ ।

आइजिपी थापा १० दिनपछि इन्टरपोलको साधरण सभामा भाग लिन टर्की जाँदैछन् ।