रामचन्द्रलाई प्रकाशमानले टेरेनन्, देउवा संग सुटुक्क गर्दैछन् कुरा

  • प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज दिउँसो २ बजेबोलाएको बैठकमा नेता प्रकाशमान सिंह नजाने भएका छन्।

पौडेलले बोलाएको बैठकमा नेता सिंह अनुपस्थित हुने उनका प्रेस संयोजक युपी लामिछाने जानकारी दिए। सिंह सभापतिको दाबी गर्ने मध्येका एक नेता हुन्। सभापतिमा दाबी गर्ने सोही समूहका डा शशांक कोइराला र डा शेखर कोइराला भने बैठकमा उपस्थित हुने बताइएको छ।

आसन्न महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एकल उम्मेद्वारी दिने विषयमा छलफल गर्न बैठक डाकेको जनाइएको छ। साथै, बै‍ठकमा आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा राखिने धाराणाका सन्दर्भमा पनि छलफल हुने भएको छ। संस्थापनइतरका नेता अर्जुननरसिंह केसीले बैठकको संयोजन गरेका छन्। उता प्रकाशमान भने देउवा संग नजिकिने प्रयासमा रहेको कांग्रेसको उच्च श्रोतको भनाई छ।