देउवाले अलग्गै कानेखुसी गरेपछि रामचन्द्रले पनि बोलाए बैठक

  • प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् ।

पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेका अनुसार बैठक आज दिउँसो बस्दैछ । केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको पौडेल पक्षले जनाएको छ ।

बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए । कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्ने जनाइएको छ ।