राेनाल्डाेकाे टिम पाेर्चुगल आयरल्यान्डसँग फिफा विश्वकप छनाेटमा बराबरीमा राेकियाे

  • प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
  • chhanbin.com

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा पोर्चुगल घरेलु टोली आयरल्यान्डसँड बराबरीमा रोकिएको छ । समूह ‘ए’ को खेलमा क्रिस्टियानाे राेनाल्डाेकाे टिम पाेर्चुगल आयरल्यान्डसँग गाेलरहित बराबरीमा राेकिएकाे हाे ।

बराबरीसँगै पोर्चुगल ७ खेलबाट १७ अंकसहित शीर्षस्थानमा उक्लेकाे छ । १७ अंक नै भए पनि गाेल अन्तरमा सर्विया दोस्रो स्थानमा छ ।

यो खेलपछि विश्वकपमा सिधै छनोट हुने पाेर्चुगलकाे सम्भावना बलियो बनेकाे छ । छनोटको अन्तिम खेलमा सर्वियासँग फेरि बराबरीमा रोकिए पनि पोर्चुगल विश्वकपमा छानिने छ । पराजति भएमा प्ले अफ खेल्नुपर्ने छ ।