नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको थियो । नयाँ प्रदेश प्रमुख सबै पूर्व साम्सद हुन्।