मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु सडकमा उत्रियो, प्रधानमन्त्री देउवाको गर्‍यो पुतला दहन

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताले बिहीबार अपराह्न प्रदर्शनी मार्गमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताहरूले ‘प्रधानमन्त्री देउवा राजीनामा दे, मूल्यवृद्धि फिर्ता ले, कालोबजारीहरू होसियार, परमादेशी सरकार राजीनामा दे’ लगायतका नाराबाजी गरेका थिए ।

नेपाल आयल निगमले बुधबार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याएको थियो भने पेट्र‍ोल, डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो । मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्षी दल एमालेका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् ।