सहिद स्मारक ए डिभिजन लिग सर्यो, कहिले देखि हुने भयो ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

कात्तिक २९ बाट सुरू हुने सहिद स्मारक ए डिभिजन लिग चार दिन सरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहिबार एक सूचना जारी गर्दै प्रतियोगीता चार दिन सारेको जानकारी दिएको हो।

यसअघि प्रतियोगीता कार्तिक २९ बाट सुरू गर्ने योजना थियो। तर अब मंसिर ३ गतेबाट सुरू हुने भएको छ। एन्फाले लिगको पनि नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

एन्फाले यो वर्षदेखि सप्तान्तमा मात्र प्रतियोगीता गर्ने भएपछि अहिले तालिका सारेको हो। अब सप्तान्तमा मात्रा खेल आयोजना हुने एन्फाले सूचनामा उल्लेख गरेको छ।

अब १९ तारिकमा हुने उद्घाटन खेलमा यो सिजन बढुवा भएर आएको सातदोबाटो युवा क्लबले फ्रेन्ड्स क्लबसँग साँझ पाँच बजे दशरथ रंगशालामा खेल्ने छ।