निधि सहितका नेता बोलाएर देउवाले बालुवाटारमा को-को संग गरे कानेखुसी ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू निकट नेताहरूको छलफल बालुवाटारमा जारी छ।

१४औं महाधिवेशन नजिकिँदै गर्दा देउवाले विहिबार दिउँसो २ बजे आफू निकट नेताहरूसँग छलफल गरेका हुन्।

बैठकमा देउवाको समुह छोडेर आफैं सभापति लड्ने घोषणा गरेका उपसभापति विमलेन्द्र निधि, अर्का उपसभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतका उपस्थित रहेको स्रोतको दावी छ। बैठकमा महाधिवेशन केन्द्रीत छलफल भइरहेको छ।