६ सहसचिवको पदस्थापन,क-कसले पाए नियुक्ति ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

सरकारले ६ जना सहसचिवको पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका प्रशासन सेवातर्फका सहसचिवहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पदस्थापन गरेको थियो ।

लोक सेवा आयोगले कार्तिक १२ गते खुल्लाबाट माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी, भोला दाहाल र आदिवासी जनजाति तर्फ रेखा दास र दलिततर्फ मेखबहादुर मंग्रातीलाई नियुक्तिका लागि सिफारिस सूची प्रकाशित गरेको थियो । पदस्थापन गरेका सहसचिवहरूलाई मङ्गलवार सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्यालले नियुक्ति पत्र प्रदान गरेका थिए ।

अतिरिक्त समूहमा पदस्थापन भएका सहसचिवहरूलाई केही दिनमा विभिन्न निकायमा पठाइने छ ।