युनेस्कोको ४१ औं महासभामा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स गएका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति ८ः२५ बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन् ।
१९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा मन्त्री पौडेलले बिहीबार राति सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री पौडेलले शिक्षा क्षेत्रमा भएका प्रगति तथा उच्च शिक्षा र समावेशीजस्ता विषयलाई महत्वसाथ महासभामा उठाउने उनको सचिवालयले जनाएको छ ।