यी सात सूत्रलाई ध्यान दिएर पढे लोकसेवामा एकैलटमा नाम निस्किने शाखा अधिकृतले गरे ठोकुवा

  • प्रकाशित मिति : २०७८ कार्तिक २४, बुधबार
  • chhanbin.com

चक्र प्रसाद ढुंगाना, शाखा अधिकृत

आजको प्रतिष्पर्धात्मक युगमा प्रतिस्पर्धामा खरो उत्रिन सक्नु नै सफलताको एक मात्र सुत्र हो । जिवनका हरेक पलहरुमा प्रतिस्पर्धा एक शास्वत सत्यको रुपमा उभिएको छ । त्यसैले यसको मुकावला गर्न तयार हुनका लागि केही आधारभुत पक्षहरुमा ध्यान दिन जरुरी हुन्छ ।

नेपालको लोक सेवा आयोग प्रतिष्पर्धाको दोस्रो नाम हो । सरकारी सेवा, सार्वजनिक संस्थान र संगठित संस्था तथा सुरक्षा निकायहरुमा स्थायी सेवामा प्रवेश गर्ने एक मात्र माध्यम लोक सेवा आयोग हो । यसले २००८ साल देखि हाल सम्मको ईतिहासमा आफ्नो कार्य प्रणालीलाई निष्पक्ष बनाउन परीक्षाका उन्नत विधि र प्रविधिको प्रयोग गर्दै आएको छ ।

लोक सेवा आयोगले लिने अधिकृत सम्मका परीक्षाहरुमा ज्ञान तथा सुचनालाई बढी महत्व दिईएको हुन्छ भने अधिकृत र सो भन्दा माथीका परीक्षामा विश्लेषणात्मक शिपलाई बढी महत्व दिएको पाईन्छ । त्यसैले प्रतिस्पर्धामा खरो उत्रनका लागि सबै भन्दा पहिला विषय बस्तुको पर्याप्त ज्ञान बटुल्ने र त्यसलाई बुझ्ने तर्फ लाग्नु पर्दछ । एक विश्व विख्यात मोडलका अनुसार कुनै पनि विद्यार्थिले शिक्षकको प्रशिक्षणबाट केवल ५ प्रतिशत भन्दा कम मात्र सिक्दछ । त्यस्तै आफुले पढेर केवल १० प्रतिशत सम्मको सिकाई हुन सक्दछ । श्रव्य दृश्य सामाग्रिको प्रयोगबाट २० प्रतिशत सम्म सिकाई हुन्छ।

अडियो भिडियो प्रदर्शनीबाट ३० प्रतिशत,छलफल र अन्तरक्रियाबाट ५० प्रतिशत, अभ्यासबाट ७५ प्रतिशत र अरुलाई पढाएर ९० प्रतिशत सम्मको सिकाई हुनसक्ने अध्ययनको निष्कर्श रहेको छ । त्यसैले प्रभावकरी सिकाईका लागि समान स्तरका साथिहरुको विचमा एकले अर्कोलाइ सिकाउने अभ्यास गर्नु जानकारीहरु सम्झने उत्कृष्ट माध्यम हुन सक्दछ ।

त्यस्तै सिकाईको अर्को मोडल व्ल्युमले दिनु भएको छ । जसलाई ब्लुको वर्गिाकरण भनिन्छ । उनका अनुसार मानिसले सबै भन्दा धेरै सुचनाहरु सम्झिन सक्दछ । सम्झेको भन्दा धेरै कम बुझन्न्न , प्रयोग गर्न, विश्लेषण गर्न, मुल्यांकन गर्न सक्दछ । र सबै भन्दा कम नयाँ कुरा सिर्जना गर्न सक्दछ । त्यसैले यो पिरामिड अनुसार आफैले सिर्जना गर्ने, मुल्यांक्न गर्ने, विश्लेषण गर्ने, प्रयोग गर्ने, बुझ्ने र सम्झिने गर्नु पर्दछ । अर्थात कण्ठ गर्ने भन्दा पनि सिर्जना गर्ने, विश्लेषण गर्ने तर्फ मस्तिष्को प्रयोग भएमा त्यसले तिखार ल्याउने हुन्छ ।

उपरोक्त सैद्धान्तिक व्यहोराका वापजुत पनि प्रशिक्षार्थिसँग प्रयाप्त समय, श्रोत साधन, सामाग्रीको अभाव हुने भएकाले विश्लेषणातमक र रचनात्मक तरिकाले अध्ययन गर्न कम संभव हुन्छ । प्रतिस्पर्धात्मक पढाईमा हमेशा तोकिएको समयमा सिर्जना गर्ने र विश्लेषण गर्ने तरिका परिक्षापयोगि नहुन सक्दछ । त्यसैले छोटो समयमा परिक्षामा सफलता हासिल गर्नका लागि केही सुत्रहरुको जरुरी पर्ने देखिन्छ । जसलाई तल उल्लेख गरिएको छ ।

आधिकारिक पाठ्य सामग्रीको छनौट

परिक्षार्थिले सबै भन्दा पहिला पाठ्यक्रम बमोजिमका सम्पुर्ण सामाग्रिको संकलन गर्नु पर्दछ । लोक सेवा आयोगले सन्दर्भ सामाग्रिहरुको नाम उल्लेख गर्ने गरेको छैन । त्यसैले सामाग्रिको आधिकारिकता पहिचान गर्न सक्नु निक्कै कठिन काम भएको छ । बजारमा हरेक प्रकारका सामाग्रिहरु पाईने र तिनमा आधिकारिकताको अभाव रहन सक्ने भएकाले पाठ्य सामाग्रिको संकलनमा बडो सचेचता अवलम्बन गर्नु पर्ने हुन्छ । आधिकारिक पाठ्य सामाग्रिको पहिचान सम्बन्धमा निम्न तरिका अवलम्बन गर्नु पर्ने हुन्छ ।

नेपाल सरकारले प्रकाशित गरेका ऐन, नियम, नीति, निर्देशनहरु तथा बार्सिक प्रतिवेदनहरु आधिकारिक सामाग्रिहरु हुन् । यस्ता सामाग्रिहरु कानुन किताव व्यवस्था समिति, नेपाल सरकारका मन्त्रालय, विभाग र कार्यालयहरु तथा वेवसाईटहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ । विषयसँग सम्बन्धित विश्व विद्यालयका पाठ्य सामाग्रिहरुलाई नै आधारभुत सामाग्रिका रुपमा लिनु पर्दछ । यस्ता विषयहरु छनौट गर्दा सकेसम्म लेखक, प्रकाशक तथा विश्व विद्यालयकोको पाठ्यक्रमसुचिमा उल्लेख भएका पुस्तकहरुलाई प्राथमिकता दिनु पर्दछ ।

सुत्र १-

बजारमा प्रकाशित भएका विभिन्न खालका गाईड लगायतका सामाग्रिहरुमा पुर्णता नहुन सक्ने भएकाले लेखक, पद, विगतको अवस्थालाई समेत मुल्यांकन गरी नमुनाको लागि केही पाठ्य सामाग्रिहरु खरिद गर्न सकिन्छ । तर सम्पुर्ण रुपमा यिनै सामाग्रिमा भर पर्नु घातक हुन सक्दछ ।
सुत्र २-
आधारभुत पाठ्य सामाग्रिहरुको अध्ययन

लोक सेवा आयोगले लिने परिक्षाबाट सरकारी सवामा प्रवेश गरिने भएकाले यसका पाठ्यक्रममा सरकारी विधि, प्रक्रिया र कानुनहरुको जानकारी बढी समेटिएको पाईन्छ । त्यसैले जुन सुकै जाँचको लागि पनि संविधान, वर्तमान योजना, वर्तमान वजेट, विषयसँग सम्बन्धित ऐन, नियमहरु, आर्थिक सर्वेक्षण र विषयसँग सम्बन्धित अन्तराष्ट्र्रिय असल अभ्यासहरुको खोजविन गरी त्यसलाई सुक्ष्म ढंगबाट अध्ययन गर्नु आबश्यक पर्दछ ।
सुत्र ३-
अध्ययनको तरिका

अध्ययनको तरिका प्रत्येक व्यक्ति अनुसार फरक हुन सक्दछ । तथापि यसमा पनि प्रभावकारिता लयाउन नसकिने होईन । त्यसैले अध्ययन गर्दा सकेसम्म बुझेर अध्ययन गर्नु पर्दछ । ताकी ज्ञानको भण्डारमा थप ज्ञान दिन सकोस् । सामुहिक अध्ययन, छलफल, र लेखनलाई बढी महत्व दिनु जरुरी हुन्छ । समुहगत कार्य अध्ययनमा पनि लागु हुन्छ । एक जनाले अध्ययन गरेका विषयहरु अरु साथिहरुलाई सुनाउने र अरु साथिहरुले कमेन्ट गर्ने गरेमा बोल्ने शैली पनि विकास हुन्छ । यसले अन्तर्वातालाई पनि मद्धत गर्दछ । धेरै विषयहरु सम्झिने एक मात्र उपाय छलफल, समुहगत अध्ययन र अरुलाई अध्यापन गर्ने नै हो ।
सुत्र ४-
अव्वल नोट तयारी

नोट तयारी गर्नु अध्ययनको एक महत्वपुर्ण पाटो हो । त्यसैले नोट बनाउँदा सके सम्म सबै विषयलाई समेट्न सक्ने गरी सधै भरीलाई काम लाग्ने हिसावमा तयार गर्नु पर्दछ । नोटमा शुद्धता हुनै पर्दछ । हरेक दिनको आफुले पढेको सबै विषयहरु मध्ये महत्वपुर्ण विषयलाई छनौट गरेर नोटका रुपमा तयार गर्दा परिक्षाको समयमा अति महत्वपुर्ण सामाग्रि तर्फ ध्यान दिन सजिलो हुन्छ । त्यसैले नोटको तयारीलाई अध्ययनको सबै भन्दा महत्वपुर्ण पक्षका रुपमा लिनु पर्दछ । नोट तयार गर्दा हेलचक्र्याई गर्नु हुदैन ।
सुत्र ५-
लेखन कलामा निखार

लोक सेवाको विषयगत÷सेवा सम्बन्धी विषयहरुमा लेखन कलाले अति महत्वपुर्ण भुमिका खेल्दछ । ज्ञान हासिल गरेर मात्र हुदैन त्यसलाई व्यक्त गर्ने शिप र कला पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यहि कलाबाट नै जाँचकर्ता प्रभावित हुन सक्दछ । त्यसैले लेखनमा निरन्तर अभ्यास गर्ने र हरेक सम्भावित प्रश्नको उत्तर लेख्ने गर्नु अति महत्वपुर्ण हुन्छ ।
सुत्र ६-
बस्तुगत परिक्षामा चेत पुर्यानु पर्ने कुराहरु

वस्तुगत परिक्षामा सामेल भई सके पछि सबै भन्दा पहिले सिलसिलेबार रुपमा सबै प्रश्न हेर्दे समाधान गर्दै जानु पर्दछ । कुनै प्रश्न आफुलाई कन्फ्युज भएमा तत्काल त्यसलाई छोडेर अर्कोमा गईहाल्नुु पर्दछ । शत प्रतिशत कन्फर्म भएका विषयहरु मात्र एक लटमा सबै प्रश्नहरु समाधान गर्दै अगाडि बढ्दै जाने नीति लिनु पर्दछ । अव दोस्रो लटमा पहिलो लटमा बाँकी रहेका प्रश्न तर्फ मात्र विचार गर्नु पर्दछ । नकारात्मक मार्किंग प्रणाली भएकाले कन्फर्म नभएका प्रश्नहरुको उत्तर नलेख्दा नै राम्रो हुन्छ ।
सुत्र ७-
विषयगत परिक्षामा उत्तर कसरी लेख्ने ?

विषयगत परिक्षाका लागि प्रश्न बुझ्नु अति आवश्यक हुन्छ । प्रश्नमा विभिन्न प्रकारका शव्दहरुको प्रयोग गरिएको हुन्छ । प्रश्नको खण्डहरु केलाउनु पर्दछ । र साथै त्यस प्रश्नमा रहेको अंक तर्फ पनि विचार गर्नु पर्दछ ।

प्रश्नमा परिचय दिनुहोस भनेको रहेछ भने केहि विद्धानका रायहरु पनि राख्दा राम्रो हुन्छ । अवधारणात्मक परिचय दिनुहोस भनेकोमा त्यस विषयको ईतिहास देखिनै त्यसलाई परिचित गराउनु पर्दछ । विवेचना गर्नुहोस भनेको रहेछ भने विषयलाई गम्भिरताका साथ गहिराईमा गएर व्याख्या गर्नु पर्दछ । विश्लेषण गर्नुहोस भनेकोमा सकारात्मक र नकारात्मक पक्षको चर्चा गर्नु पर्दछ ।
प्रश्नमा समानता र असमानता उल्लेख गर्नुहोस भनेकोमा समानतालाई बुँदागत रुपमा र असमानतालाई टेवुलमा उल्लेख गर्नु पर्दछ । टिप्पणि गर्नुहोस भन्नेमा उक्त विषयको परिचय, महत्व, विशेषता, प्रकार, कानुनी व्यवस्थाहरु, अन्तराष्ट्र्रिय अभ्यास, नेपालमा प्रयोग, समस्या र समाधानका सबै पक्षलाई सम्बोधन गर्नु पर्दछ । परिचयलाई मात्र महत्व दिनु हुदैन ।

विषयगत परिक्षामा अनाबश्यक, नमागेका विषयहरु लेख्न हुदैन । अनावश्यक व्याख्या पनि गर्नु हुदैन । तथ्य र प्रमाणमा आधारित भएर आफ्नो तर्कलाई खदिलो बनाउनु पर्दछ । सके सम्म तथ्यांकहरुको प्रयोग गर्नु पर्दछ । पक्ष र विपक्षमा निर्णय गर्दा सन्तुलित हुनु पर्दछ । सुझावका लागि सुझाव वा फगत सुझाव दिनु जरुरी छैन ।
प्रश्नमा जुन सुकै शव्दहरुको प्रयोग भए तापनि प्रश्न र तिनका उत्तरहरु नेपालको विद्यमान संबैधानिक, कानुनी व्यवस्था र सरकारका विरुद्धमा छन् भन्ने बुझ्नु हुदैन । उत्तरमा पनि नेपालको संविधान तथा कानुनहरुको वर्खिलाप गरी फगत काल्पनिक र दार्शनिक सुझावहरु लेख्न हुदैन ।

सबैभन्दा महत्वपुर्ण पक्ष भनेको समय पालना हो । सबै प्रश्नलाई तोकिएको समयमा समाधान गर्न सक्नु नै उत्र्तिण हुनुको प्राथमिक शर्त हो । त्यसैले हरेक प्रश्नलाई सन्तुलित रुपमा तोकिएको समय भित्रै सम्पन्न गर्नु पर्दछ । छोटो उत्तरमा सिधै विषय बस्तुमा प्रवेश गर्नु पर्दछ । भुमिका जरुरी हुदैन भने लामो उत्तरमा भुमिका, तथ्य र तर्कहरु तथा निष्कर्श आवश्यक पर्दछ ।

धैर्यता, नियमितता, समयपालना जस्ता विषयहरु प्रतिस्पर्धामा निकै आबश्यक पर्दछन् । नयाँपन दिन सक्नु, नयाँ तथ्यहरुको खोजविन गर्नु र त्यसलाई प्रभावकारी ढंगबाट व्यक्त गर्न सक्नु नै सफलताको सुत्र हुन् । तथापि के कुरा सत्य हो भने सफलताको कुनै सर्वमान्य नियम र सर्वस्विकार्य तरिकाहरु छैनन् । आफु अनुकुलका विधिहरुको प्रयोग गरी जाँचकीलाई सन्तुष्ट पार्न सक्नु पर्दछ । र अन्त्यमा शिव खेराको एक विश्व विख्यात भनाई हमेशा आतमसाथ गर्नु पर्दछ। Winners don’t do different things, they do things differently. .