नेपाल बैंकर्स संघको अध्यक्षमा सर्वसम्मत भए अनिल, कार्यसमितिमा को-को छानिए ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २४, बुधबार
  • chhanbin.com

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन्। संघको मङ्‍गलबार सम्पन्न ३५औं साधारणसभामार्फत् नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो। उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन्।

नयाँ अध्यक्ष चयन भएसँगै सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल निवर्तमान अध्यक्ष भएका छन्। संघको उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी सर्वसम्मतरुपमा चयन भएका छन्।

यसैगरी संघको सदस्यमा लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सीईओ कृष्ण अधिकारी, एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र सनराइज बैंकका सीईओ सुमन शर्मा चयन भएका छन्।

सल्लाहकारमा अनिलकेशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्‍गाना चयन भएको संघले जनाएको छ।