जवानले गरे सहकर्मीमाथि अन्धाधुन्ध फाइरिङ, चार जना ठहरै भए

  • प्रकाशित मिति : २०७८ कार्तिक २२, सोमबार
  • chhanbin.com

भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार मरईगुडा पुलिस स्टेशनमा यो घटना भएको हो । अचानक जवानले फायरिङ सुरु गरेका थिए । घटनाको कारण अहिलेसम्म स्पष्ट छैन ।