यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ कार्तिक २१, आईतवार
  • chhanbin.com

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार थिए ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडाले जानकारी दिईन ।

आइतबार मध्याह्न १२ बजे राप्ती लोकमार्गको कपुरकोटको खारखोला भन्ने स्थानमा बस दुर्घटना भएको उनले बताईन ।

उनका अनुसार घाइतेहरुको उद्धार गरी उपचारका लागि सल्यान अस्पताल गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।