जुवाको खालबाट समातिएका कांग्रेस सभापति लामा अस्पताल भर्ना,पूर्वमन्त्री गए भेट्न

  • प्रकाशित मिति : २०७८ कार्तिक २१, आईतवार
  • chhanbin.com

जुवा खेलिरहेका बेला पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा अस्पताल भर्ना भएका छन् ।

बौद्धस्थित महानगरीय प्रहरी वृत्तको हिरासतमा रहेका लामाको सुगरको मात्रा निकै माथि पुगेपछि लामालाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको हो ।

राजधानीको नयाँ बस्तीस्थित एक घरमा जुवाखाल जमाइरहेको अवस्थामा लामासहित १८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको थियो । हाल अस्पतालमा रहेका लामालाई भेट्न नेकपा एमालेका नेता पार्वत गुरुङ पुगेका छन् ।

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका गुरुङ उनलाई भेट्न शनिबार अस्पताल पुगेका हुन् ।