यी १६ बैंकले गरे लाभांश घोषणा, कुन बैंकले कति-कति दिने भए ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २१, आईतवार
  • chhanbin.com

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।
यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत १६ वाणिज्य बैंकहरूले लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले औसतमा १६.६५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने बैंकहरुमध्ये १० वटाले १५ प्रतिशतभन्दा बढी घोषणा गरेका छन् भने ६ वटाले सोभन्दा कम दिने भएका छन् । हालसम्म नबिल, हिमालयन, नेपाल, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एशिया, एनएमबी, नेपाल बंगलादेश, सिद्धार्थ, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई र एभरेष्टले लाभांश प्रस्ताव गरेका हुन् ।

लाभांश घोषणा गर्नेमध्ये सिटिजन्स र कुमारीले साधरण सभाबाट पारित गरिसकेका छन् । त्यस्तै, माछापुच्छ्रे र सिटिजन्सले साधरणसभाको मिति तोकी बुक क्लोज गरिसेकका छन् भने अन्य बैंकहरु सभा बोलाउने तयारीमा छन् । लाभांश प्रस्ताव गरेका १६ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश नबिलले सेयरधनीलाई कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीको हातमा लाभांश पर्नेछ ।

कुन बैंकको कति ?

गत आर्थिक वर्षको नाफाबाट नबिलले सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । नबिलले संचित नाफाबाट ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, हिमालयनले गत आवका नाफाबाट २६ प्रतिशत, सानिमा बैंकले १७.८९ प्रतिशत, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

त्यसैगरी, एनएमबी १५.८० प्रतिशत, एनआइसी एशिया १५.७९ प्रतिश, माछापुच्छ्रेले १४ प्रतिशत, सिदार्थ १५ प्रतिशत, , कुमारीले ८.६७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले १३.०६ प्रतिशत, एभरेष्टले १०.३२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।