भाईटिकाको दिन कोरोनाबाट एकको मृत्यू, देशभर थप १२८ मा संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७८ कार्तिक २०, शनिबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा देशभर थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३२४४ जनामा गरिएको परीक्षणमा १२८ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ६४९ जना निको भएका छन्। यससँगै नेपालका कोरोनामुक्त हुनेको संख्या ७ लाख ९४ हजार ४३८ पुगेको छ।