उपराष्ट्रपतिले नजिकका आफन्त बहिनीहरू बाट लगाए भाइटीका

  • प्रकाशित मिति : २०७८ कार्तिक २०, शनिबार
  • chhanbin.com

उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरूसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरूबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए ।