बितेको २४ घण्टामा भारतमा ११ हजार संक्रमित थपिए, ३९२ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ कार्तिक २०, शनिबार
  • chhanbin.com

भारतमा बितेको २४ घण्टामा झण्डै ११ हजार कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ९२९ स्रक्रमित थपिएका हुन् ।

यो अवधिमा १२ हजार ५०९ जना संक्रमणमुक्त भएका छन् भने ३९२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार भन्दा केही धेरै रहेका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म १ अर्ब ७ करोड भन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।