घट्यो सुनको भाउ, हिजो कति थियो आज कति भयो ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १८, बिहीबार
  • chhanbin.com

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५०० ले घटेर ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला ९१ हजार तोकिएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ ।