सिटिजन्स बैंकले पारित गर्यो १६ प्रतिशत लाभाशं, संचालक समितिमा दुई जना को-को थपिए ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १७, बुधबार
  • chhanbin.com

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको १६ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको मंगलबार सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.०८७ नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

यस्तै, सभाले आव २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए ।

बोनस सेयर वितरणपछि बैककोे चुक्ता पुँजी १४ अर्ब २० करोड पुगेको छ । सिटिजन्सले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिब १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । बैंकले सोही अवधिमा ६९ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले हाल देशफरका १७४ वटा शाखा, १२३ वटा एटीएम र ११२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।