रोनाल्डोले यसरी सोझै दुई गोल प्रहार गरेपछि युनाइटेड हारबाट जाेगियाे

  • प्रकाशित मिति : २०७८ कार्तिक १७, बुधबार
  • chhanbin.com

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियनन्स लिगमा हार टारेको छ ।

गए राति इटालीयन क्लब एटलान्टासँग २–१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

खेलको १२ मिनेटमा इलिकिकको गोलबाट एटलान्टाले खेलमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा युनाइटेडका रोनाल्डोले बराबरी गोल फर्काउन सफल भए । ५६ मिनेटमा जापाटाले गोल गरेपछि घरेलु टिम एटलान्टाले खेलमा दोस्रो पटक अग्रता लियो ।

दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा युनाइटेडका लागि फेरि रोनाल्डोले बराबरी गोल फर्काउन सफल भए ।

बराबरीसँगै समूह ‘एफ’ को खेलमा ४ खेलबाट २ जित १ बराबर र १ हारका साथ ७ अंक बनाएको युनाइटेड दोस्रो स्थानमा छ ।