यस्तो हुनेछ आज दिनभरको मौसम, कता-कता पर्छ पानी ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १७, बुधबार
  • chhanbin.com

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा बुधबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसमिवद्ले बताएका छन् ।

अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान मौसमविद्को छ ।

राति पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहने जारी सूचनामा उल्लेख छ । यसबाहेक प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।