कर्णालीका मुख्यमन्त्रीको सपथ साढे आठ बजे, कति सांसदले गरे समर्थन ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १६, मंगलवार
  • chhanbin.com

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन्। गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनले मंगलबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेस गरेका हुन्।

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ। मुख्यमन्त्रीमा दाबी पेसका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए।

प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार आजै राती मुख्यमन्त्री नियुक्त भई शपथ गराइनेछ। मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राती साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ। आज मुख्यमन्त्रीलाई मात्रै शपथ ग्रहण गराइनेछ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमबार पदबाट राजीनामा दिएका थिए।