मुख्यमन्त्री सहित प्रदेश १ का चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

  • प्रकाशित मिति : २०७८ कार्तिक १६, मंगलवार
  • chhanbin.com

प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी ले नवनियुक्त पाँच मन्त्रीहरुलाई पद तथा गापनियताको शपथ गराएका हुन् ।

मन्त्रीहरु केदार कार्की, हिमाल कार्की, इन्द्रबहादुर आङ्बो, जयराम यादव र राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फेले पद तथा गोपनियताको शपथ लिएका छन् । गठबन्धन दलबाट चार मन्त्री र एक राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि केहीबेर अघि शपथ लिएका थिए ।

गठबन्धन दलका तर्फबाट कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, भौतिक पूर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की मन्त्री भएका छन् ।

यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्रीमा जसपाका जयराम यादव भएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री भएकी छिन् ।