प्रदेश १ मा मन्त्री बन्नेको नाम फाइनल, को-को हुने भए मन्त्री ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १६, मंगलवार
  • chhanbin.com

प्रदेश १ मा मुख्यमन्त्री नियुक्त भए संगै उनको सरकारमा सामेल हुने केही मन्त्रीको टुंगो लागेको छ। मुख्यमन्त्री राजेन्द्र राईको शपथसँगै केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् । जसअनुसार गठबन्धनले ५ मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ । गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने एकीकृत समाजवादीकै सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

यस्तै काँग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपनेता हिमाल कार्कीलाई पठाउने सहमति भएको छ । यस्तै गठबन्धनमा रहेको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाउने सहमति भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।