प्रधानन्यायाधीशलाई एक्का पारेका न्यायाधीश भेला भएर गर्न थाले कानेखुसी, राणाले तोके पेसी

  • प्रकाशित मिति : २०७८ कार्तिक १६, मंगलवार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका न्यायाधीश छलफलमा जुटेका छन् । आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका हुन् ।

उनीहरुले इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएका थिए तर सोमबार भने न्यायाधीशहरु ८ दिनपछि इजलासमा फर्किन तयार भएको थियो । प्रधानन्यायाधीश राणाले आजका लागि आफू बाहेकको ६ वटा इजलास तोकेका छन् ।

सवै इजलासमा बन्दी प्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । आन्दोलनरत न्यायाधीशहरुको सोमबार बसेको बैठकले आन्दोलन जारी राख्दै बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने ‘निर्णय’ गरेको थियो ।

सर्वोच्चका २० जना न्यायाधीशमध्ये १९ जनाले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन् । कार्यकारी प्रमुख (प्रधानमन्त्री)सँग विभिन्न नियुक्तिमा समेत भाग खोजेको, पेसी तोक्दा नियत राखेको, अदालतमा देखिएका विकृति, विसंगति हटाउन भूमिका नखेलेको जस्ता आरोप प्रधानन्यायधीमाथि लागेको छ ।