मुख्यमन्त्री बनेको ६८ दिनमा प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

  • प्रकाशित मिति : २०७८ कार्तिक १५, सोमबार
  • chhanbin.com

प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले राजीनामा दिएका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले ६८ दिनमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । आचार्यले प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मतदानमा हुनुअघि राजीनामा दिएका हुन् । प्रदेश सभाबाट विश्वासको मत नपाउने देखिएपछि आचार्यले राजीनामा दिएका हुन् । एमालेको एकल बहुमतमा मुख्यमन्त्री भएका आचार्य एमाले विभाजन भएपछि अल्पमतमा परेका थिए ।