यस्तो हुनेछ २४ घण्टाको मौसम, कता-कता पर्छ पानी ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १५, सोमबार
  • chhanbin.com

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ६ बजे दिएको सूचनाअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ। साथै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

बुलेटिनमा अगाडि भनिएको छ : उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार राति देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

बुलेटिनमा अगाडि भनिएको छ : उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ : देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउनहुन अनुरोध छ।