प्रधानन्यायाधीश संग वार्ता गर्न न्यायाधीशको टोली राणाको चेम्बरमा, वार्ता टोलीमा को-को छन् ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले वार्ता गर्न टोली बनाएका छन्। अनिलकुमार सिन्हा, सपना प्रधान र मनोज शर्मा सदस्य रहेको टोली प्रधानन्यायाधीश राणासँग वार्ताको लागि गएका छन् ।

अहिले न्यायाधीशहरूको कार्यदल प्रधानन्यायाधीशको कार्यकक्षमा छन् । प्रधानन्यायाधीश राणा सम्मानजनक बहिर्गमनका लागि तयार भएमा उनको प्रस्ताव सुन्ने भन्दै वार्तामा गएको एक न्यायाधीशले बताए । सर्वोच्चमा आइतबार बसेको न्यायाधीशहरूको बैठकले वार्ता टोली गठन गरेको हो । न्यायाधीशहरूको बैठक सोमबार पनि बस्नेछ ।