४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ८ जनाले ज्यान गुमाउदा ५१८ जना संक्रमणमुक्त

  • प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार
  • chhanbin.com

बितेको २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।