माधवलाई दन्काएका एमालेका दश थानलाई दश बुँदेले पार्यो तितरबितर, ओलीले हाने चड्कन

  • प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार
  • chhanbin.com

एमाले अध्यक्ष केपी ओलीले १२ कात्तिकको केन्द्रीय कमिटि बैठकमा पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालप्रति असन्तुष्टि जनाए । महाधिवेशन सम्मुखमै रहेको र महाधिवेशनको तयारीमा जुट्नुपर्ने वेला पार्टीमा चिठीको क्षेप्यास्त्र प्रहार गरिरहन आवश्यक नरहेको भन्दै ओलीले असन्तुष्टि पोखेका थिए ।

रावल र भुसालले १० वुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै पार्टीमा चर्काे आवाज उठाईरहेका छन् । त्यसैमा ओलीको आपत्ति थियो । ‘पार्टीका कुरा पार्टीभित्रै हुनुपर्छ । वाहिर मिडियावाजी गरेर हुन्छ ? वाहिर आएको कुरा महिले अध्ययन गरिसकेको छु, त्यसलाई फेरि वैठकमा किन राख्नुपरयो ?’ ओलीले भुसाल र रावलप्रति लक्षित गदै कात्तिक १२ को केन्द्रीय कमिटि बैठकमा भने,–‘पहिले मिडियामा प्रचारवाजी गरेर पार्टी बैठकमा रिस पोख्न आउने काम कृपया कुनै साथीले पनि नगर्नुहोला ।’

रावलले १० वुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र त्यो ओलीले गर्न नचाहेको भन्दै कार्यान्वयन कार्यादलको संयोजकबाट राजीनामा घोषणा गरेको लिखित वक्तब्य पहिले सञ्चारमाध्यममा वाहिरिएको थियो । उनले आइतबार मात्रै आफ्नो लिखित राजीनामा पार्टीमा बुझाएका छन् ।

त्यस्तै कोभिड लागेर आइसोलेसनमा वसेका उपमहासचिव भुसालको तीन पेज लामो पत्र पनि सञ्चारमाध्यमार्फत नै पार्टीमा पुगेको थियो । त्यसपछि ओली रावल र भुसालप्रति आक्रोशित भएका हुन् । १२ कात्तिकको केन्द्रीय कमिटि बैठकमा यही विषयलाई लिएर ओली र रावलका वीचमा त केही वेर भनाभन समेत भएको थियो ।

‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ र ? ’ ओलीले भुसालको चिठीप्रति असन्तुष्टि जनाउँदै भनेका थिए । रावल र ओलीका वीचमा भनाभन नै चलेपछि भने १० वुँदे सहमति पक्षधरहरुले नै हस्तक्षेप गरेर विवाद सामसुम पार्नुपरेको नेताहरुको भनाई छ ।

विभाजित १० भाई

एमालेभित्र युवराज ज्ञवाली, भीम रावल, अष्ट्रलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम रावल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतका नेताहरु माधव नेपालको साथ छोडेर एमालेमै बसेका थिए । माधव नेपालले एमाले विभाजित गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा पनि उनीहरु एमालेमै अडिएका थिए । तर अहिले उनीहरुभित्रै अवको आफुहरुको रणनीति सामुहिक बनाउने या के गर्ने भन्नेमा मत वाझिन थालेको छ ।

महाधिवेशनको संघारमा पार्टीभित्रै कमजोर बनेका १० भाई नेताहरुकै वीचमा विभाजन आएको छ । १० भाई नै अवको महाधिवेशनवाट कसरी आफुले चाहेको पदमा सुरक्षित हुने र त्यसका लागि कसरी ओलीको नजिक पर्ने भन्नेमा लाग्न थालेपछि १० भाईमै विभाजन आउन थालेको छ । त्यसमा रावल र भुसाल एकातिर देखिएका छन भने सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य लगायत नेताहरु ओलीसँग कसरी नजिकिने र विश्वास जित्न लागि पर्ने भन्नेमा देखिएका छन् ।

तर युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त लगायतका नेताहरु भने न ओलीसग सुरेन्द्रहरुजसरी नजिकिएका छन, न रावल र भुसालले झै ओलीलाई चिठीको क्षेप्यास्त्र प्रयोग गरेर दिमाग नै चाटन खोजेका छन् । उनीहरुले मौनता साध्न थालेको एमालेका एक नेताले वताए ।
‘१० वुँदे सहमति अक्षरस पालना गर्नुपर्ने माग गरेर एमालेमा रहेका स्थायी कमिटिका १० भाई नेताहरुमा अहिले तीन धार देखा परेको छ,’ एक स्थायी कमिटि सदस्यले भने,–‘एउटा पक्ष ओलीसँग नजिक हुन खोजेको छ, अर्काे पक्ष मौन बसेर आफु काहा हुने हेरिरहेको छ, अर्काे पक्ष अझै विरोधमै छ । उहाहरुकै वीचमा मतक्यैता छैन । तीन थरी मत छ ।’

एमालेले मंसिर १० देखि १२ सम्म पार्टीको दशौं महाविधेशन चितवनमा आयोजना गदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनको महिना दिन पनि समयावधि नरहेको अवस्थामा नेताहरुले आफनो स्थान खोज्दै के गर्दा ठीक होला भनेर नेताहरु तरंगित हुन थालेका कारण १० वुँदे पक्षधरहरुकै वीचमा फरक धारणा आउन थालेको हो । दसबुँदे सहमतिलाई मुद्दा बनाएर संस्थापन पक्षसँग संघर्षसहितको सहकार्य गर्ने वा महाधिवेशनसम्म दसबुँदेको मुद्दा सुषुप्त राख्ने भन्ने विषयमा असन्तुष्ट समूहमा मतभेद देखिएको हो ।

एमालेमा अवको महाधिवेशनवाट पनि अध्यक्षमा केपी ओली निर्विकल्प देखिएका छन् । तर त्यसपछिको वरिष्ठ उपाध्यक्षको एउटा पद र ४ उपाध्यक्ष, एक-एक जना महासचिव र उपमहासचिव तथा ७ सचिवमा आफुलाई काहाँ कसरी सुरक्षित गर्ने भन्ने आकाक्षी नेताहरुको वीचमा भित्री रस्साकस्सी चलिरहेका कारण पनि १० वुँदे पक्षधरकै वीचमा पनि मतभेद देखिन थालेको हो ।