आइसीसी टी २० मा भारत र न्युजिल्याण्डको भाले भिडन्त हुने

  • प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार
  • chhanbin.com

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज दुई खेल हुने छ । समूह २ अन्तर्गत पहिलो खेल अफगानिस्तान र नामिवियाबीच हुने छ ।अबुधावीमा हुने पहिलो खेल दिउँसो ३ः४५ बजे सुरु हुने छ ।

प्रतियोगिताअन्तर्गत अफगानिस्तानले दुईमध्ये एक खेल जितेको छ । अफगानिस्तानले स्कटल्याण्डलाई पराजित गर्दा पाकिस्तानसँग हार बेहोर्नु परेको थियो ।

यस्तै, नामिवियाले एक खेल खेल्दा स्कटल्याण्डलाई पराजित गरेको थियो । आज दुवै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।

त्यस्तै, दोस्रो खेल भारत र न्युजिल्याण्डबीच हुने छ । दुबईमा हुने यी दुई टोलीबीचको खेल राति ७ः४५ मा हुने छ । प्रतियोगिताअन्तर्गत दुवै टोली आफ्नो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।