न्यायाधीशहरूको बैठकमा माछो माछो भ्यागुतो, दुई जना थपिएपछि राणाको अझै काढ्ने उछितो

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्नेबारे छलफल भएको छ।

बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ हुन नसक्दा सर्वसाधारणहरू न्यायाधीशविरुद्ध आन्दोलित भएपछि मुद्दा हेर्ने/नहेर्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको एक न्यायाधीशले बताए ।

यद्यपि, छलफल बिना निष्कर्ष टुंगिएको छ। ती न्यायाधीशका अनुसार बैठकले अहिले भारतमा रहेका न्यायाधीशहरू सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा काठमाडौं फर्किएपछि बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्ने/नहेर्ने भन्नेबारे निर्णय लिने निष्कर्ष निकालेको छ।