२४ घण्टा भित्रमा ५४९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु, ५६९ जना निको भए

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

बितेको २४ घण्टाभित्र नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल नौ हजार ७४६ जनाको नमूना परीक्षण गर्दा ५४९ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ४९० र एन्टिजेन विधिबाट ५९ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल सात हजार १४५ जनाको पीसीआर र दुई हजार ६०१ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ५६९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।