सिडिओ अदलबदल गर्न गृहमन्त्रीलाई किन लाग्छ मज्जा ? पाँचथर र सिन्धुलीका पनि सिडिओ फेरे

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

गृह मन्त्रालयले थप दुई जना सिडिओको सरुवा गरेको छ । बिहिबार खोटाङ र दाङका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृहले शुक्रबार चिट्ठी पठाउदा सिन्धुली र पाँचथर पनि थपिएका छन् ।

गृह स्रोतका अनुसार पाँचथरका प्रजिअ पुण्य ढकाललाई मन्त्रालय तानेर सिन्धुलीका सुरेश न्यौपानेलाई पाँचथर पठाएको छ । सिन्धुलीमा रमेश न्यौपानेलाई पठाइएको छ ।

बुधबार मात्रै १३ जना सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको गृहको पछिल्लो रणनीति नै सिडिओ सरुवा जस्तो देखिएको गृहकै अधिकारी बताउँछन् ।

कामै गर्न नसकेर या कुनै बिबाद पछि मात्रै छोटै अबधिमा सरुवा गर्नुपर्ने अवस्था आउन सक्ने अन्यथा सरुवा गर्ने निश्चित अबधिमा मात्र गर्नु पर्ने भए पनि त्यो भने पालना भएको देखिदैन ।