प्रधानन्यायाधिश र न्यायाधिशको लफडाले वकिल बीच हानाहान, अदालत परिसरमै कालोकोट च्यातचुत

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

कानुन व्यवसायीहरूबीच नेपाल बार एसोसिएसन परिसरमा शुक्रबार हात हालाहाल भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो ।

कानुन व्यवसायी विराट न्यौपानेले अधिवक्ता भूमिनन्द चुडाललाई पिटेका हुन् । उनले न्यौपानेले हातपात गरेको बताएका छन् । अब कानूनी उपचारमा जाने भूमिनन्दको भनाइ छ ।

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भने, “मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।” प्रधानन्यायाधिश र न्यायाधिशको लफडाले वकिल बीच हानाहान भएको हो।