आफ्नो राजीनामा माग्ने न्यायाधिशलाई प्रधानन्यायाधीश चोलेन्द्रले लगाए मुद्दाको भाग, कसको भागमा कति ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार आफूसहित न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास गठन गरेका छन्।

उक्त इजलासका लागि ३० वटा पेशी तोकिएको छ। न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले शुक्रबार आफू र चुँडालको संयुक्त इजलास गठन गरेका हुन्।

न्यायाधीशहरुले राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस बीचमा आफ्ना लागि एकल इजलास तोकिरहेका थिए। सर्वोच्च अदालतमा शुक्रबारका लागि ८ वटा इजलासमा एक सय ७२ वटा पेशी तोकिएको छ। ८ वटामध्ये एउटामात्र एकल इजलास तोकिएको छ।

दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको इजलासमा १६, मीरा खड्का र सुस्मलता माथेमाको इजलासमा २४, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा १९ वटा पेशी तोकिएको छ। आनन्दमोहन भट्टराईको एकल इजलासमा १६ वटा पेशी छन्।

यसैगरी बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा २४, टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको इजलासमा २६ तथा प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा १७ वटा पेशी तोकिएको छ।

सत्ता बाँडफाँटमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार बाहिर आएपछि उनको राजीनामा माग भइरहेको छ।