सुनको मूल्य घट्दा चाँदीको पनि घट्यो, आजको मूल्य कति छ ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मूल्य प्रतिलोला ४०० रुपैयाँले घटेको हो ।

बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर ९२ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले नै घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

पछिल्ला केही दिनयता सुनको मूल्यमा गिरावट आइरहेको छ । अघिल्लो बुधबार पनि सुनको भाउ ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । चाँदीको मूल्य पजि थोरै घटेको छ । गत आज प्रतितोला ५ रुपैयाँले घटेको हो ।

चाँदी आज १ हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।