यसरी हर्नुहोस् त मध्यभोटेकोशीको आइपीओ तपाईलाई पर्यो कि परेन ? फ्याट्टै थाहा हुन्छ

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

मध्यभोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ आज विहान विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ८ लाख १९ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १४ लाख ७५ हजार ४९६ जनाको हात रित्तो भएको छ ।

कम्पनीले असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता अइपीओमा विक्रीमा ल्याएको थियो । जसमा २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएका थिए । सोमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये कम्पनीले यसअघि नै पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता सेयर जारी गरिसकेको छ ।

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मध्यभोटेकोशी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।