५९१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६६४ निको भए, दुई जनाले ज्यान गुमाए

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा नेपालमा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५५ परीक्षण गर्दा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार कोरोनाका कारण सो अवधिमा २ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ जना रहेका छन्। ६६४ जना सो अवधिमा कोरोना संक्रमणमुक्त भएका छन्।