पाण्डेले लिए बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ, आजै मन्त्रिपरिषद विस्तार गर्ने

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएक हुन् ।

अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै पाण्डेले मुख्यमन्त्रीको शपथ लिएका हुन् । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।

प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका पाण्डेको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १–१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।