प्रतिनिधिसभाको बैठकमा एमालेले घन्कायो नारा, भन्यो- सभामुखले देखाए पारा

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ ।