भाटभटेनीमा क्यूआर कोडबाट कारोबार गर्नेलाई आयो यस्तो अफर

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

भाटभटेनी सुपरमार्केटमा क्यूआर कोडबाट कारोबार सुरु भएको छ । प्रभु बैंकसँगको सहकार्यमा भाटभटेनीले क्यूआर कोडबाट कारोबार सुरु गरेको हो ।

क्यूआर कोड कारोबारको बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरे । कार्यक्रममा गभर्नर अधिकारीले क्यासलेस समाज बनाउने अभियानअन्तर्गत क्यूआर कोड प्रवद्र्धनलाई केन्द्रीय बैंकले प्रोत्साहन गर्दै आएको बताए ।

भाटभटेनीजस्ता अन्य सुपरमार्केटहरूलाई पनि क्यूआर कोडबाट भुक्तानी प्रणाली सुरु गर्न आग्रह गर्दै उनले यस्तो कारोबार पारदर्शी हुने र कारोबार समेत वृद्धि हुने बताए । “विद्युतीय माध्यमको फाइदा धेरै छ । त्यसमा पनि क्यूआर कोडको फाइदा धेरै छ । यसमा कुनै झन्झट छैन, समय कम लाग्छ । कारोबार हुनासाथ बैंकमा रकम जम्मा हुन्छ र ब्याज पनि सोही समयबाट पाइन्छ,” उनले भने, “यसले समयको बचत हुनुका साथै कारोबार सुरक्षित र छिटो हुन्छ । त्यसैले पनि यसको प्रयोग बढाउन आवश्यक छ ।”