प्रधानन्यायाधीशले आफ्नो एकल इजलासमा २८ मुद्दाको पेसी तोके, अरू न्यायाधीशले मागे राजीनामा

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले बिहीबार आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी तोकेका हुन् ।

उनले बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका थिए । सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको, अदालतको आँच आउने काम गरेको भन्दै अन्य न्यायाधीशहरूले उनको राजीनामा माग गर्दै आएका छन् ।

तर प्रधानन्यायाधीश जबराले प्रश्न उठेका सबै न्यायाधिशले राजीनामा दिए मात्रै आफूले पनि राजीनामा दिने बताएका छन् । प्रधानन्यायाधीशले बिहीबारका लागि आफ्नो एकल इजलासमा २८ वटा मुद्दाको पेसी तोक्दा अन्य न्यायाधिशले भने छलफल बोलाएका छन् । उनीहरुले आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।