मन्त्री झाँक्रीलाई ज्वरोले थला पर्यो, मध्यरातमै गरियो अस्पतालमा भर्ना

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन् ।

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन् । हिजो (बुधबार) राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन् ।