पुँजी डेढ अर्बले बढाउँदै सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनस र नगद ?

  • प्रकाशित मिति : २०७८ कार्तिक ८, सोमबार
  • chhanbin.com

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकले अनुमोदन गरेमा बैंकको चुक्ता पुँजी एक अर्ब ५६ करोड रुपैयाँले बढ्ने छ। बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ छ। बैंकले गत वर्ष एक अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।