देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय सम्हाल्दै, को हुन् पौडेल ?

  • प्रकाशित मिति : २०७८ आश्विन २२, शुक्रबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिन लागेका मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ ।

देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

राज्यमन्त्री बन्न लागेकी बोधमाया यादवको जिम्मेवारीको विषयमा छलफलमै रहेको माओवादी स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‍मा यसअघि माओवादीको तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भूसाललाई ऊर्जा मन्त्रालय जिम्मेवारी दिइसकेको छ ।

को हुन् देवेन्द्र पौडेल ?

देवेन्द्र पौडेल बाग्लुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनाव लडेका पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई पराजित गरेका थिए ।

पौडेलले २८ हजार ८२७ मत प्राप्त गरेका र पुनले १९ हजार ९०५ मत प्राप्त गरेका थिए।