ओलीको झाँको झार्ने झाँक्रीलाई माधवले स्वास्थ मन्त्रालय सुम्पिने, मन्त्री बन्ने भाग्यमानी को-को हुन् ?

  • प्रकाशित मिति : २०७८ आश्विन २२, शुक्रबार
  • chhanbin.com

नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीलाई पठाउने तयारी गरेको छ । अहिले केहीबेरमा बस्ने सचिवालय बैठकले यसको निर्णय गर्ने भएको छ ।

पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरिएको छ । भवानी खापुङलाई राज्यमन्त्रीमा पठाउने तयारी गरिएको एक नेताले जानकारी दिए ।

खतिवडालाई सहरी विकास मन्त्रालय दिने तयारी गरिएको छ भने आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने छन् । श्रेष्ठलाई श्रममन्त्री दिने तयारी गरिएको छ । खापुङले पाउने राज्यमन्त्रीको बारेमा निर्णय भइसकेको छैन ।

नेकपा एसका नेता वेदुराम भुसालका अनुसार सम्भावित नामहरु यिनै भए पनि बेलुकासम्ममात्रै अन्तिम टुंगो लाग्ने जानकारी दिए ।
उनले भने यिनै नामहरुबाट मन्त्रीको लागि नाम टुंगो लगाइने छ ।