सवारी अनुमतिपत्र (लाइसेन्स)को आवेदन दशैँपछि खुला हुने

  • प्रकाशित मिति : २०७८ आश्विन २१, बिहीबार
  • chhanbin.com

काठमाडौं। सवारी चालक अनुमतिपत्र लाइसेन्सको नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ। गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो।

यसबीचमा प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो। कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको संख्या दैनिक ८ हजार थियो।

विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सरकारको तयारी नपुगेपछि दशैँपछि खुला गर्ने तयारी गरेको बताएका छन्।

लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ। विभागमा सात लाख प्रति लाइसेन्स छपाइ गर्न बाँकी छ।

सात लाख सेवाग्राहीले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन्।

कार्ड अभाव भएपछि छपाइको काम रोकिएको छ। उनले भने, ‘कार्ड आउन कम्तीमा एक महिना लाग्छ।

डेलिभरी अर्डर भइसकेको छ। तिहारसम्ममा आइसक्नेछ । त्यसपछि मात्र छपाइको काम हुनेछ,’ उनका अनुसार फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइँदै छ।

२०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि छपाइको काम बाँकी हुँदै आएको छ।